Like us!
Follow us!

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम, लगानीकर्ता उत्साहित

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम, लगानीकर्ता उत्साहित

लगानी खबर, काठमाडौं कारोबार हुने हप्ताको दास्रो दिन आज (सोमबार) सेयर बजार बढेको छ । अघिल्लो दिन १४.६७ अंकले घटेको बजारमा आज भने वृद्धि देखिएको हो ।  बजार बढ्दा कारोबार रकम पनि बढेको छ । लगातारको गिरावट पछि बजार बढ्दा लगानीकर्ता उत्साहित भएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १७.९९ अंकले बढेर २६३४.५७ विन्दुमा पुगेको छ । नेप्से ०.६९ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.८८ अंकले बढेर ४९६.२६ विन्दुमा पुगेको छ  ।

कूल २३१ वटा कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५९ करोड २७ लाख १८ हजार १ सय ३१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज होटेल एण्ड टुरिजम र अन्य समूह घटेको छ भने बाकी ११ ओटै उपसमूहको सेयर बढेको छ । आज सबैभन्दा धेरै विकास बैंक समूह बढेको छ । 

सोमबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । आज टेलिकमको २० करोड ९४ लाख ५७ हजार २ सय २९ रूपैयाँको कारोबार भएको हो । 

आज इमर्जीङ नेपाल लिमिटेडको सेयरमूल्यमा सर्वाधिक बढेको छ ।  आज कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ५ सय ७१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । 

यस दिन नेपाल टेलिकमकै सेयरमूल्य सर्वाधिक घटेको छ । आज टेलिकमको सेयरमूल्य २.९७ प्रतिशतले घटेर १ हजार ५ सय ४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

6238483652574.JPG 6238483ae8185.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।