Like us!
Follow us!

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

लगानी खबर, काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले साफेबगर स्थित श्री सुर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ । बैंकको साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको हो । 

सुर्यचन्द« प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका बिच स्वच्छ खानेपानीकालागी एक हजार र पाँच सय लिटरको एक/एक हिल ट्यांक र डष्टविन हस्तान्तरण गरिएको महालक्ष्मी विकास बैङ्क शाखा कार्यालय साफेबगरका शाखा प्रबन्धक पुनित शाहले जानकारी दिए । क्याम्पसको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले क्याम्पसलाई डस्टविन र पानी ट्यांकी सहयोग गरिएको हो । सरसफइृ सामाग्र्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यावथापन समितिका अध्यक्ष रबिन्द्र बहादुर शाहले विद्यालयलाई धन्यवाद ज्ञापन गरे  । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

यस बैंकले कूल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।