लगानी खबर, काठमाडौँ - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले बिक्री गर्न लागेकाे संस्थापक समूहकाे शेयर आज (आश्विन २ गते, शुक्रबार) बाट खुल्ला भएको छ । संस्थाले १ लाख १० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा बिक्री गर्न लागेकाे हाे ।
उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आज (आश्विन २ गते, शुक्रबार) बाट कार्तिक ६ गतेसम्म न्युनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतम कित्तामा लागि भने कुनै हद ताेकिएकाे छैन । आवेदकहरूले बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्नेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।