Like us!
Follow us!

दाहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि झिनो गिरावट

दाहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि झिनो गिरावट

लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा दाहोरो अंकको देखिएको छ । सेयर बजार घट्दा कारोबार रकम पनि घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा झरेको छ । नेप्से ०.५६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.०१ अंकले घटेर ४९४.३८ विन्दुमा झरेको छ  ।

कूल २२४ वटा कम्पनीको ४२ लाख ८७ हजार ५ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २७ करोड ४६ लाख २६ हजार १ सय ९० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज इन्भेष्टमेन्ट समूहको सेयर बढेको छ भने अन्य १२ ओटै उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै होटेल र पर्यटन समूह घटेको छ । 

आइतबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १६ करोड २९ लाख ४९ हजार ६ सय ३० रूपैयाँको कारोबार भएको हो । 

आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले बढेर ६ सय २५ रुपैयाँ ९० पैसा पुगेको छ । 

यस दिन मैलङ खोला जलविद्युत कम्प्नी लिमिटेको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयरमूल्य ३.७६ प्रतिशतले घटेर ६ सय ६६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

 

6236f76756894.JPG 6236f76ad0a06.JPG 6236f76ec0308.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।