लगानी खबर, काठमाडौं - आज (चैत्र ६ गते आइतबार) नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई बैंकसहित तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
आज एनएमबि बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
एनएमबि बैंक लिमिटेडको १२.५० प्रतिशत बोनस बापतको २ करोड ४ लाख ७ हजार ४ सय ५१ दशमलव ०७ कित्ता सेयर सूचिकृत भएको हो ।
एभरेष्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस बापतको ५३ लाख ३६ हजार २ सय ३० दशमलव ३१ कित्ता सेयर सूचिकृत भएको हो ।
त्यस्तै, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको २ लाख ४१ हजार ९ सय ७७ दशमलव ८२५० कित्ता सेयर सूचिकृत भएको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।