Like us!
Follow us!

नेपाल टेलिकमसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

नेपाल टेलिकमसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ ।

बजार बढ्दा आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । आज टेलिकमको २६ करोड ५० लाख १३ हजार ५ सय ६० रूपैयाँको कारोबार भएको हो । 

त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : जीवन विकास लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, अपि पावर कम्पनी, नेशनल हाइड्रोपावर, लाईफ इन्स्योरेन्स कम्पनी नेपाल, हिमालयन डिष्टिलरी लिमिटेड, शिभम् सिमेन्ट, साहास उर्जा र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड रहेका छन् । 

62136932aa69c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।