लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (फागुन ९ गते सोमबार) एक बैंक सहित दुई क्रम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज नेपाल बैंक लिमिटेड र गुडविल फाइनान्स कम्पनी लिमिटेडको सेयर सूचिकृत भएको हो ।
स्टकका अनुसार नेपाल बैंक लिमिटेड १४ प्रतिशत बोनस बापतको १ करोड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
त्यस्तै, गुडविल फाइनान्स कम्पनी लिमिटेडको ९.१ प्रतिशत बोनस बापतको ७ लाख ८९ हजार १ सय ५२ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।