Like us!
Follow us!

दोहोरो अंकले बढेको बजारमा यी १० कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो

दोहोरो अंकले बढेको बजारमा यी १० कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो

लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ ।

बजार बढ्दा आज पनि युनाइटेड ईदी-मार्दी र आरबी हाइड्रोपावर लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले बढेर ८ सय ३४ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन पनि हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । 

त्यस्तै सर्वाधिक सेयरमूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : गुराँस लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, बुद्धभुमि नेपाल हाइड्रोपावर, साहास उर्जा, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेड, मनकामना स्मार्ट लघुवित्त, तेह्रथुम पावर कम्पनी, साम्लङ पावर कम्पनी र युनाईटेड मोदी हाइड्रोपावर रहेका छन् । 

621360236caff.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।