Like us!
Follow us!

सेयर बजारको ओरालो यात्रामा ब्रेक, सबै उपसमूह भए हरियाली

सेयर बजारको ओरालो यात्रामा ब्रेक, सबै उपसमूह भए हरियाली

लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा वृद्धि देखिएको छ । अघिल्लो हप्ताको बुधबादेखी घटिरहेको बजार आज भने दाहोरो अंकले बढेको हो । बजार बढ्दा आज सबै उपसमूह हरीयाली देखिएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ । नेप्से ०.९४ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.१५ अंकले बढेर ५१८.७९ विन्दुमा पुगेको छ  ।

कूल २२४ वटा कम्पनीको ४९ लाख ९२ हजार ८ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार २७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । आज पनि सबैभन्दा धेरै हाइड्रोपावर समूह बढेको छ । 

सोमबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । आज टेलिकमको २६ करोड ५० लाख १३ हजार ५ सय ६० रूपैयाँको कारोबार भएको हो । 

आज पनि युनाइटेड ईदी(मार्दी र आरबी हाइड्रोपावर लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले बढेर ८ सय ३४ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन पनि हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । 

यस दिन नबिल डिबेञ्चर २०८५ को सेयरमूल्य सर्वाधिक घटेको छ । आज डिबेञ्चरको सेयरमूल्य १.९५ प्रतिशतले घटेर ८ सय ५७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

62135bdd3d434.JPG 62135bdf03f1a.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।