Like us!
Follow us!

लगानीको गर्न पैसा जम्मा गर्नुस् : जनरल इन्स्योरेन्सको आइपिओ बजारमा आउँदै !

लगानीको गर्न पैसा जम्मा गर्नुस् : जनरल इन्स्योरेन्सको आइपिओ बजारमा आउँदै !

लगानी खबर, काठमाडौँ - जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असाेज ११ गते आइतबारदेखि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । 

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

कति दिने आवेदन ?

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

5f641cdb6f6d0.jpg

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आईपीओमा छिटोमा असाेज १४ गते र ढिलोमा असाेज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

5f641ce5c8b1e.jpg

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

5f641cf96b4d5.jpg

रेटिङ कति ?

5f641d05bb334.jpg

आईपीओकाे बारेमा अन्य विवरण तलकाे सूचना मार्फत हेर्न सक्नुहुनेछ :

5f641d11d1fed.jpg

 

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।