Like us!
Follow us!

एससीसी पेस गर्ने भएपछि सांसदको चर्काे विरोध

एससीसी पेस गर्ने भएपछि सांसदको चर्काे विरोध

लगानी खबर, काठमाडौं - एमसीसी पेस गर्ने भएपछि प्रतिनिधिसभा बैठकमा सांसदहरुले चर्काे विरोध गरेका छन् । जारी प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएपछि सांसदहरुले विरोध जनाइरहेका छन् । 

उनीहरुले एमसीसी राष्ट्रघाती रहेको दाबी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटामाथि खनिँदै उनीहरुले एमसीसी अनुमोदन गर्न नहुनेमा जोड दिएका छन् । 

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय लिनुपर्ने बताए । उनले दलीय सहमतिविना एमसीसीलाई कार्यसूचीमा राखिएकोमा आपत्ति जनाए । 

यस्तै सांसद भीम रावल र प्रेम सुवालले पनि विरोध जनाए । सा‌सद दुर्गा पाैडेलले बाेलिरहेकी छन् । उनले पनि विराेध जनाइरहेकी छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।