Like us!
Follow us!

जानकी फाइनान्सको साधारण सभा स्थगित, अब २२ गते हुने

जानकी फाइनान्सको साधारण सभा स्थगित, अब २२ गते हुने

लगानी खाबर, काठमाडौं हिजो (फागुन ७ गते शनिबार) हुने भनिएको जानकी फाइनान्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा स्थगित भएको छ । गनपुरक संख्या नपुगेको हुनाले साधारण सभा स्थगित भएको हो । 

अब स्थगित भएको साधारण सभा (फागुन २२ गते आइतबार) बिहान ११:३० बजे गायत्री कुञ्ज, अथिती सदन, जानकी चौक जनकपुरधाममा पुन साधारण सभा हुने कम्पनीले जानकारी गराएको छ । 

सभामा फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।

त्यसैगरी, फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि २४ गतेदेखि फागुन ६ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले माघ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

6211e7feac786.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।