Like us!
Follow us!

हिमालयन जनरल इन्स्योरेन्सले डाक्याे साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

हिमालयन जनरल इन्स्योरेन्सले डाक्याे साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

लगानी खबर, काठमाडाैँ - हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे फागुन ६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे अठ्ठाईसाैँ वार्षिक साधारण सभा फागुन ३० गते, साेमबार कम्पनीकाे केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडाैँमा बिहान ११ बजेदेखि अनलाइन मार्फत सुरू हुनेछ ।

सभामा कम्पनीकाे पौष २१ गते, बुधबार बसेको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १६ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन १५ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

6211a202bf361.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।