Like us!
Follow us!

एनसीसी बैंकको संस्थापक शेयर खुल्यो !

एनसीसी बैंकको संस्थापक शेयर खुल्यो !

लगानी खबर, काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले (एनसीसी) बिक्री गर्न लागेकाे संस्थापक समूहकाे शेयर आज (आश्विन २ गते, शुक्रबार) बाट खुल्ला भएको छ । नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेकाे एनसीसी बैंककाे ५ लाख कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य १ सय १० रूपैयाँमा बिक्री गर्न लागिएकाे हाे ।

उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आज (आश्विन २ गते, शुक्रबार) बाट कार्तिक ६ गतेसम्म न्युनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतम कित्तामा लागि भने कुनै हद ताेकिएकाे छैन । आवेदकहरूले बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f5ad7c14dc2b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।