Like us!
Follow us!

लाभांश पारित गर्न नेशनल लाईफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न नेशनल लाईफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको हिजो (फागुन ५ गते बिहीबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको ३३ औं वार्षिक साधारण सभा (फागुन २९ गते आइतबार) नेशनल लाईफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा विहान १०:३० बजेबाट अनलाइन मार्फत सुरू हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यस्तै, सचालक समितिको तर्फवाट अध्यक्षबाट पेश हुने आ.व.२०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को वासलात, आय-व्यय हिसाब, नाफा-नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति एवम्पा रिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्ध पत्र र नियमावलीको संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रदान गर्ने लगयातका प्रस्तावहरु पारित गरिने छ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन २२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन २१ गते (आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सूचना हेर्नुहोस्  :

620f438f8cb40.jpg 620f439181db6.jpg 620f43939e61f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।