लगानी खबर, काठमाडौं - ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको (फागुन २ गते, सोमबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको सातौँ वार्षिक साधारण सभा फागुन २८ गते, शनिबार, संस्थाको केन्द्रिय कार्यालय, बुटवलमा बिहान ११:०० बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहितको २०७८ अषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरण, नाफा नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण (अनुसूची सहित) छलफगरी परित गरिने छ ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।
त्यसैगरी, संस्थाले साधारण सभा प्रयोजनका लागि फागुन १७ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
यस्तो छ संस्थाले प्रकाशन गरेको सूचना :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।