Like us!
Follow us!

आईसिएफसी फाइनान्सको सेयर लिलामीमा, कसरी भर्ने ?

आईसिएफसी फाइनान्सको सेयर लिलामीमा, कसरी भर्ने ?

लगानी खबर, काठमाडाैँ - आईसिएफसी फाइनान्स कम्पनी लिमिटेडले आज (फागुन ६ गते, शुक्रबार) बाट संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ । कम्पनीले २ लाख ३ हजार ५ सय ८० कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले फागुन १३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयरको न्यूनतम मूल्य एक सय ८५ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम ३० हजार कित्तादेखि अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नागपाेखरी, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

620f106b6e36d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।