Like us!
Follow us!

महालक्ष्मी विकास बैंकले डाक्याे स्थगित साधारण सभा, के-के छन् एजेन्डा ?

महालक्ष्मी विकास बैंकले डाक्याे स्थगित साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडाैँ - महालक्ष्मी विकास बैंक लिमिटेडले यसअघि स्थगित भएकाे वार्षिक साधारण फेरि बाेलाएकाे छ । यसअघि गणपुरक संख्या नपुगेपछि बैंककाे पौष २५ गते, आइतबार हुने भनिएकाे सभा स्थगित भएको थियो । फेरि  बैंककाे बीसाैँ वार्षिक साधारण सभा माघ ३ गते, साेमबार हुने भनिएकाेमा सर्वाेच्च अदालतले राेक लगाएकाे थियाे । 

अब उक्त साधारण सभा फागुन १३ गते शुक्रबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने जस्ता प्रस्तावहरू पारित गरिनेछ । 

620f0f8428e06.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।