Like us!
Follow us!

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा आवेदनको ओहिरो, सेयर पाउन भाग्यकै भर

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा आवेदनको ओहिरो, सेयर पाउन भाग्यकै भर

लगानी खबर, काठमाडौँ - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले (फागुन ४ गते, बुधबार) देखि सर्वसाधारणहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ)मा आवेदनको ओइरो लागेको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार आज बिहीबार साँझ ५ बजेसम्ममा १५ लाख ९१ हजार एक सय २४ जना आवेदकले ८७ लाख ६७ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । 

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले (फागुन ४ गते, बुधबार) बाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा फागुन ८ गतेदेखि ढीलोमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

संस्थाको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।