Like us!
Follow us!

ज्योति विकास बैंकद्वारा खोटाङ र सिन्धुलीको अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा खोटाङ र सिन्धुलीको अस्पताललाई बेबी वार्मर प्रदान

लगानी खबर, काठमाडौं - ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत चिउरीडाँडा स्वास्थ्य चौकी -खोटाङ र कल्पवृक्ष स्वास्थ्य चौकी -सिन्धुलीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले यी अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।

चिउरीडाँडा स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र नेपालीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.७- खोटाङका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष महन्त कुमार राईलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् । 

साथै कल्पवृक्ष स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट सुरेन्द्र नेपालीले मरीण गाउँपालिका वडा नं.३, सिन्धुलीका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका विमर्श मोक्तानलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गरिएको थियो । 

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त​रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ ​। 

ज्योति विकास बैंकले हाल १११ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।