Like us!
Follow us!

महालक्ष्मी विकास बैंकद्वारा कैलारी उद्योग बाणिज्य संद्यलाई फर्निचर प्रदान

महालक्ष्मी विकास बैंकद्वारा कैलारी उद्योग बाणिज्य संद्यलाई फर्निचर प्रदान

लगानी खबर, काठमाडौं - महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी उद्योग बाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमकाबीच फर्निचर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो शाखाले उद्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको बैंकका शाखा इन्चार्ज जगुराम डगौराले बताए । 

उक्त फर्निचर सामान कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरीको प्रमुख आतिथ्यमा कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै कैलारी गाउँपालीका अध्यक्षले बैंकले उत्कृष्ट वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत स्थानियहरुको आर्थिक उत्थानमा सहयोग पुर्याईरहेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे । उक्त   कार्यक्रमा स्थानियबासी, स्थानिय जनप्रतिनिधी,  कर्मचारी, उद्योगी , व्यापारीहरुको उल्लेख्य सहभागीता रहेको थियो । आगामी दिनहरुमा पनी सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

यस बैंकले कूल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।