Like us!
Follow us!

आइएमई जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, नगद  र बोनस कति ?

आइएमई जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, नगद  र बोनस कति ?

लगानी खबर, काठमाडौं - आइएमई  जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको आज (फागुन ५ गते बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

सूचना हेर्नुहोस्  :

 

620e29ffca3cb.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।