लगानी खबर, काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (फागुन ५ गते बिहीबार) विभिन्न दुई बैंकको बोनस सेयर सूचिकृत भएको छ । आज नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडको सेयर सूचिकृत भएको हो ।
स्टकका अनुसार नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको १ करोड ६० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
त्यस्तै सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस बापतको ४३ लाख २१हजार ८ सय ३० दशमलव ४२ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।