Like us!
Follow us!

बैंक अफ काठमाण्डौंकाे स्वामित्वमा रहेकाे दुई लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कुनको कति ?

बैंक अफ काठमाण्डौंकाे स्वामित्वमा रहेकाे दुई लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कुनको कति ?

लगानी खबर, काठमाडौं - बैंक अफ काठमाडौं लिमिटेडले दुई लघुवित्तको संस्थापक सेयरहरु बिक्रीमा ल्याएको छ । बैंकले बैंकको स्वामित्वमा रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक सेयरहरु बिक्रीमा ल्याएको हो । 

बैंकले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ लाख ६ हजार १ सय १४ कित्ता सेयर आज (फागुन ५ गते बिहीबार) बाट बाेलकबोल माध्यमबाट बिक्री खुल्ला गरेको हो । 

उक्त सेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले चैत्र ९ गते सम्म न्युनतम २ हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्ने छन् । आवेदन बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड, नक्साल, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् । 

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय रूपैयाँ तोकिएको छ । संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम  बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडले गरेको छ ।

त्यस्तै, आरएमडीसी लघुवित्त वित्तिय संस्था लिमिटेडको १ लाख ४९ हजार ८ सय कित्ता सेयर आज (फागुन ५ गते बिहीबार) बाट बाेलकबोल माध्यमबाट बिक्री खुल्ला गरेको हो । 

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय ४० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले चैत्र ९ गतेसम्म न्युनतम २ हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम  बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडले गरेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक  बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड, नक्साल, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।

यस्तो संस्थाले प्रकाशन गरेको सूचना :

620dbb6755647.jpg

620dda7b434d1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।