Like us!
Follow us!

नेष्डो समृद्ध लघुवित्तकाे नाफा घट्दा कस्ता छन् अन्य सूचक ?

नेष्डो समृद्ध लघुवित्तकाे नाफा घट्दा कस्ता छन् अन्य सूचक ?

लगानी खबर, काठमाडाैँ - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाकाे नाफा १० करोड ७३ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १८.८७ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले १३ करोड २३ लाख ७१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि १९.०९ प्रतिशतले घटेर १८ करोड ७५ लाख ७८ हजार रूपैयाँमा सिमित छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी २३ करोड १८ लाख ४४ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा १८.८७ प्रतिशतले घटेर १७ करोड ४ लाख ५३ हजार रूपैयाँमा सिमित छ । गत वर्ष संस्थाले २१ करोड १ लाख १२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १७ करोड २१ लाख २५ रुपैयाँ र जगेडा कोषमा ५४ करोड ३ लाख ८१ हजार रुपैयाँ सञ्चित रहेको छ । 

वित्तीय विवरण हेर्नुहाेस् :

620db54e865c0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।