Like us!
Follow us!

थप ६३९ जनामा संक्रमण पुष्टि, १६०० संक्रमणमुक्त

थप ६३९ जनामा संक्रमण पुष्टि, १६०० संक्रमणमुक्त

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४  घण्टामा थप ६ सय ३९ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ५६ जनाको कोरोना परीक्षण भएकोमा ६ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ७ सय ८२ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा ५ सय ४८ जना र २ हजार ९ सय ७४ जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा १ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  बितेको २४ घण्टामा १ हजार ६ सय जना निको भएर घर पर्किएका छन् भने ३ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ९ सय ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

हाल १८ हजार २ सय ५१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।