Like us!
Follow us!

बजार घट्दा पनि यी १० कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो

बजार घट्दा पनि यी १० कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो

लगानी खबर, काठमाडौँ - आज (बुधबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा झरेको छ । 

बजार दोहोरो अंकले घट्दा पनि आज सबैभन्दा धेरै कम्पनीहरुको पहिलो नम्बरमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयरमूल्य आज ३.४४ प्रतिशतले बढेर १ हजार ३ सय ५५ रूपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै आज सर्वाधिक सेयरमूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : ज्याति लाइफ इन्स्योरेन्स, एनआइसी एशिया ब्यालेन्स फण्ड, युनाईडेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, सगरमाथा इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कम्पनी नेपाल, नेपाल एसबिआई बैंक, साम्लीङ पावर कम्पनी, स्वाभिमान लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेड रहेका छन् । 
 

620ccfc238dea.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।