Like us!
Follow us!

अपि पावरसहित यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

अपि पावरसहित यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौँ - आज (बुधबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा झरेको छ । 

दोहोरो अंकले. घटेको बजारमा आज सबैभन्दा धेरै कम्पनीहरुको पहिलो नम्बरमा अपि पावर कम्पनी लिमिटेड रहेको छ । आज कम्पनीको २१ करोड १४ लाख ६५ हजार ३ सय ३९ रूपैयाँको कारोबार भएको हो ।  

त्यस्तै आज सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : नेशनल हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, नेपाल टेलिकम, युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, हिमालयन डिष्टिलरी लिमिटेड, जीवन विकास लघुवित्त, नेपाल इन्फ्रास्टक्चर बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड रहेका छन् । 

620ccc42146dc.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।