Like us!
Follow us!

बुधबार सर्वाधिक गुमाउने १० कम्पनीमा १० वटै हाइड्रोपावर

बुधबार सर्वाधिक गुमाउने १० कम्पनीमा १० वटै हाइड्रोपावर

लगानी खबर, काठमाडौँ  - आज (बुधबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा झरेको छ ।

आज सर्वाधिक सेयरमूलय घट्ने कम्पनीहरुमा सबै हाइड्रोपावर कम्पनीहरु रहेका छन् । 

दोहोरो अंकले घटेको बजारमा आज सबैभन्दा धेरै बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले गुमाएका छन् । आज हाइड्रोपावरको सेयरमूल्य ५.६९ प्रतिशतले घटेर ६ सय ४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै आज सर्वाधिक सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : मैलुङ खोला जलविद्युत, सिंगटी हाइड्रो इनर्जी, सिइडिबी हाइड्रोपावर, शिव श्री हाइड्रोपावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनाइटेड मोदी हाइड्रो, राधि विद्युत कम्पनी र बरुण हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । 

620cc8efcc5aa.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।