Like us!
Follow us!

सेयर बजारमा दाहोरो अंकको गिरावट, दुई उपसमूह बढ्दा घट्यो अन्य उपसमूह

सेयर बजारमा दाहोरो अंकको गिरावट, दुई उपसमूह बढ्दा घट्यो अन्य उपसमूह

लगानी खबर, काठमाडौँ  - आज (बुधबार) सेयर बजारमा दाहोरो अंकको गिरावट आएको छ । कारोबारको सुरु (प्रिओपन सेसन)मा ५.०८ प्रतिशतले बढेको बजार कारोबारको अन्तिम समयमा घटेको हो । बजारमा गिरावट आउँदा दुई उपसमूह बढ्दा बाँकी अन्य सबै उपसमूह घटेका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा झरेको छ । नेप्से ०.७२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.४७ अंकले घटेर ५१८.६६ विन्दुमा झरेको छ । 

कूल २३१ वटा कम्पनीको ५६ लाख ५२ हजार १ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७ सय ८४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य र लाईफ इन्स्योरेन्स बहेक सबै उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै डेभलपमेन्ट बैंक समूह घटेको छ ।

बुधबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २१ करोड १४ लाख ६५ हजार ३ सय ३९ रूपैयाँको कारोबार भएको हो ।  

आज सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीहरुको पहिलो नम्बरमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । कम्पनीको सेयरमूल्य आज ३.४४ प्रतिशतले बढेर १ हजार ३ सय ५५ रूपैयाँमा अन्तिम कारोबार भएको छ । 

यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । आज हाइड्रोपावरको सेयरमूल्य ५.६९ प्रतिशतले घटेर ६ सय ४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

620cc5257a4bb.JPG 620cc527a2098.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।