Like us!
Follow us!

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी बचत वृद्धि खाता सार्वजनिक

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी बचत वृद्धि खाता सार्वजनिक

लगानी खबर, काठमाडौं - महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना ‘महालक्ष्मी बचत बृद्घी खाता’ सार्वजनिक गरेको छ । उक्त खाता मात्र रु. ५१ मै खाता खोल्न मिल्ने र दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । 

यस योजना अन्तगर्त खाता खोलेका ग्राहकहरुको रु पाँच लाखको दुर्घटना मृत्यु बीमा गरिएको छ । यस आकर्षक बचत योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाईल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा,निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु प्राप्त गर्ने छन् । 

विगत देखिनै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी बचत बृद्घी खाता संचालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । 

यस बैंकले प्रदेश कूल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

 

620cabfe66663.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।