Like us!
Follow us!

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

लगानी खबर, काठमाडौं - लुम्बिनी विकास बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकको सेयरधनी चिनपाल रौनियारले आफ्नो नाममा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको बैंकले उक्त सेयरहरु बिक्री गर्न लागेको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको मुख्य कार्यालय डिल्लिबजार काठमाडौंमा आईपुगने गरी लिखित जानकारी दिन आग्रह गरेको छ ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको लिखित जानकारी नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ । 

यस्तो छ बैंकले प्रकाशन गरेको सूचना :

620c95b69196e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।