Like us!
Follow us!

शेयर बजारमा देखियाे यस्तो माहोल !!

शेयर बजारमा देखियाे यस्तो माहोल !!

लगानी खबर, काठमाडौं – साताकाे अन्तिम दिन आज (बिहीबार) शेयर बजारमा राम्रै माहाेल छाएकाे छ । बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ३०.७८ अंकले बढेर एक हजार ५७२.१८ मा पुगेकाे छ । नेप्से २ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ७.०२ अंकले बढेर ३१२.५० मा पुगेको छ ।

कूल १९१ वटा कम्पनीकाे १ कराेड १८ लाख ३ सय ४ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ३१ करोड ५६ लाख ६४ हजार ३ सय १९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।

   हेराैं आजकाे शेयर तालिका :

5f63302a213f8.jpg 5f6330340ecf8.jpg 5f63303c40df4.jpg 5f63304483a0f.jpg 5f63304d098d5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।