Like us!
Follow us!

तीन वर्षीय क्यान्सर पीडित बालकलाई सहयोग गर्न आग्रह

तीन वर्षीय क्यान्सर पीडित बालकलाई सहयोग गर्न आग्रह

लगानीखबर काठमाडौं,  इलाम नगरपालिका–७ का मिर्गौला क्यान्सरबाट पीडित तीन वर्षीय बालक प्रभास श्रेष्ठको उपचारार्थ चरम आर्थिक अभाव भएको छ । बालकका अभिभावकले उपचारका लागि खर्च जुटाइदिन आग्रह गरेका छन् ।

छ महिनादेखि काठमाडौँस्थित कान्ति बाल अस्पतालमा  उपचारार्थ ती बालकको थप उपचारका लागि लाखौँ  आवश्यकता पर्ने जनाइएको छ ।  “ चिकित्सकले बालकको उपचार गर्न रु १२ देखि १३ लाख लाग्छ भन्नुभएको छ । यति रकम त मेरो सबै सम्पत्ति बेच्दा पनि आउँदैन”, बालकका बुवा गोपाल श्रेष्ठले भन्नुभयो, “त्यसैले सबैसमक्ष आग्रह गरेको हुँ ।” आवश्यक रकम जुटाउन नसकेपछि बालकको हालसम्म थप उपचार नभएको जनाइएको छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।