Like us!
Follow us!

थप ६८० जनामा संक्रमण पुष्टि, १८३५ संक्रमणमुक्त

थप ६८० जनामा संक्रमण पुष्टि, १८३५ संक्रमणमुक्त

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४  घण्टामा थप ६ सय ८० जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९५ जनाको कोरोना परीक्षण भएकोमा ६ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार ४ हजार २ सय ५६ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा ४ सय ९८ जना र २ हजार ८ सय ३९ जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा १ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  बितेको २४ घण्टामा १ हजार ८ सय ३५ जना निको भएर घर पर्किएका छन् भने २ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ९ सय २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

हाल १९ हजार ४ सय जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।