Like us!
Follow us!

नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)माआज (फागुन ३ गते मंगलबार विभिन्न चार कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज नेपाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत भएको हो । 

स्टकका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १२.६११ प्रतिशत बोनस बापतको २ करोड ५ लाख २ हजार १ सय १८ दशमलब २३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

त्यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको २ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७.५ प्रतिशत बोनस बापतको ४ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

त्यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको ४ लाख ६० हजार ३० दशमलब ६१२ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।