Like us!
Follow us!

धितोपत्र बोर्ड अध्यक्षका लागि ३ जनाको नाम सर्ट लिस्ट

धितोपत्र बोर्ड अध्यक्षका लागि ३ जनाको नाम सर्ट लिस्ट

लगानी खबर, काठमाडौं - अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम सर्ट लिस्ट गरेको छ । 

समितिले डा. गोपाल प्रसाद भट्ट, रमेश कुमार हमाल र कृष्णराज पोखरेलको नाम सर्ट लिस्ट गरेको हो । यसअघि आवेदन दिएका १५ जनामध्येबाट ५ जनाको सर्ट लिस्ट आएको थियो । ५ जनामा डा. गोपाल भट्ट, रमेश हमाल, खगेन्द्र कटुवाल, निरज गिरी र कृष्णराज पोखरेल परेका थिए ।

यी ३ जनामध्ये पनि रमेश हमालको सम्भावना बलियो रहेको बताइन्छ । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको निकटका व्यक्ति हुन् । हमालसँग विदेशका सेयरबजारको ज्ञान र अनुभव रहेको छ । हमाललाई नियुक्ती दिलाउन प्रधानमन्त्री पत्नी आरजु राणा नै लागिपरेको स्रोतको दाबी छ । हमाल पुर्व गैरआवासिय नेपाली पनि हुन् उनी एनआरएन थाइल्याण्डका पुर्व अध्यक्ष समेत हुन् ।

सर्वोत्तम सिमेन्ट सेयरको भित्री कारोबार प्रकरणमा मुछिएपछि भीष्मराज ढुंगानालाई सरकारले गत असोजमा बर्खास्त गरेपछि सेबोनको अध्यक्ष पद लामो समयदेखि रिक्त छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।