Like us!
Follow us!

थप ७४७ जनामा संक्रमण पुष्टि, २३१९ संक्रमणमुक्त

थप ७४७ जनामा संक्रमण पुष्टि, २३१९ संक्रमणमुक्त

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४  घण्टामा थप ७ सय ४७ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ९६ जनाको कोरोना परीक्षण भएकोमा ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार ६ हजार २ सय ७९ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा ४ सय ८२ जना र २ हजार ४ सय १७ जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा २ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  बितेको २४ घण्टामा २ हजार ३ सय १९ जना निको भएर घर पर्किएका छन् भने ८ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ९ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

हाल २० हजार ७ सय ३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।