लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा झिनो सुधार देखिएको छ । अघिल्लो दिन सतकले घटेको बजारमा आज भने सुधार देखिएको हो । नेप्से रिसूचक वृद्धि भए पनि सेन्सेटिभ परिसूचक भने घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ०.०८ अंकले बढेर २७००.९८ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.३६ अंकले घटेर ५११.३० विन्दुमा झरेको छ ।

कूल २२७ वटा कम्पनीको ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९ सय १५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ उपसमूहको सेयर घटेको छ भने ७ उपसमूहको सेयर बढेको छ । त्यस्तै लगानी समूहभने आज स्थिर रहेको छ । आज सबैभन्दा धेरै होटल र पर्यटन समूह बढेको छ ।
सोमबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज हाइड्रोपावरको ५४ करोड ९१ लाख ९३ हजार २ सय ४५ रूपैयाँको कारोबार भएको हो ।

आज सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीहरुको पहिलो नम्बरमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । हाइड्रोपावरको सेयरमूल्य आज ८.१३ प्रतिशतले बढेर ६ सय ६५ रूपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस दिन मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयरमूल्य ३.८५ प्रतिशतले घटेर ५ सय ७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।