Like us!
Follow us!

युनाइटेड मोदी हाइड्रोपावरले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

युनाइटेड मोदी हाइड्रोपावरले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको हिजो हिजो (फागुन १ गते आइतबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारण सभा (फागुन २६ गते, बिहीबार) साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, हेरिटेज प्लाजा-२, कमलादी-२८ काठमाण्डौँबाट विद्युतीय र भर्चअल माध्यम मार्फत बिहान ११:०० बजेबाट सुरु हुनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/७८ का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गरिने छ । 

त्यस्तै, कम्पनीमा संस्थापक सेयर समेत सर्वसाधारण सेयरमा परिणत भईसकेकाले सो सम्बन्धी प्रावधानहरू लगायत कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा, कम्पनीको हाल कायम रहेको सञ्चालकहरूको संख्या ११ जनाबाट घटाई ७ जना कायम गर्ने सम्बन्धमा । स्वीकृत नियमावलीको दफा १८ (६) मा भएको त्रुटि संशोधन गर्ने सम्बन्धमा, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनहरू कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत गराउने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्न र नियामक निकाय तथा अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा परिमार्जन गर्नुपरेमा सो सम्बन्धमा छलफल गरिने छ । 

त्यस्तै, कम्पनीले साधारण सभा प्रयोजनका लागि (फागुन ५ गते बिहीबार) बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, (फागुन ४ गते बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

यस्तो छ कम्पनीेले प्रकाशन गरेको सूचना :  

620a0bfe4b5be.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।