Like us!
Follow us!

५५.७५ प्रतिशतले घट्यो नाडेप लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ?

५५.७५ प्रतिशतले घट्यो नाडेप लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ?

लगानी खबर, काठमााडौं - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा २ करोड एक लाख ९० हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५५.७५ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ४ करोड ५६ लाख ३१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने ४१.७७ प्रतिशतले बढेर १९ करोड ४१ लाख ६४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १३ करोड ६९ लाख ५७ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ५७.७२ प्रतिशतले घटेर २ करोड ९३ लाख ७४ हजार रूपैयाँमा सिमित छ । गत वर्ष संस्थाले ६ करोड ९४ लाख ६७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ र जगेडा कोषमा ३८ करोड ८२ लाख ३ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ९ पैसा रहेको छ ।

यस्तो छ संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण :
6209fa9aa172f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।