Like us!
Follow us!

बतास समूहलाई ठुलो राहत, कोष विरुद्धको मुद्दामा पायो अन्तरिम आदेश

बतास समूहलाई ठुलो राहत, कोष विरुद्धको मुद्दामा पायो अन्तरिम आदेश

लगानी खबर, काठमाडौं - पशुपति विकास कोष विरुद्ध बतास समूहले हालेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । उच्च अदालत पाटनमा आइतबार भएको सुनुवाइ पछि न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले यस्तो फैसला गरेको हो । नेपाल(भारत मैत्री पशुपति धर्मशाला भाडामा लिएको होटेल आनन्द निषेधाज्ञा आदेशको माग गर्दै गत बिहीबार कोष विरुद्ध अदालत गएको थियो ।

अदालतको आदेशमा भनिएको छ, ‘अन्तरिम आदेशको टुङ्गो नलाग्दा सम्म मिति २०७६/०१/३० को करार सम्झौता बमोजिम होटेल आनन्द प्रा.लि.को सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्नु नगराउनु भनी विपक्षीहरूको नाउँमा अल्पकालीन अन्तरिम आदेश समेत जारी गरिदिएको छ ।’ साथै फाल्गुन ९ गते दुवै पक्षलाई छलफलको लागि समेत अदालतले बोलाएको छ ।  

निवेदकको तर्फबाट अधिवक्ता लीलामणि पौडेल र अञ्जली रायमाझीले बहस गरेका थिए ।  सो रिट निवेदनमा बतास समूह अन्तर्गतको होटेल आनन्दले पशुपति विकास कोष लगायत १४ वटा निकाय र व्यक्तिलाई विपक्षी बनाएको थियो । जस मध्ये दुई वटाले बाटाका म्याद बाहेक १५ दिनभित्र  उच्च सरकारी वकिल कार्यालय पाटन मार्फत लिखित तथा अन्यले आफै वा आफ्नो कानुनी प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्न समेत आदेश गरिएको छ ।

Batas Interim Order.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।