लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से्र)मा आज (फागुन २ गते सोमबार) विभिन्न दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज नेपाल ल्युब ओयल लिमिटेड र ज्योति विकास बैंक लिमिटेडको सेयर सूचिकृत भएको हो ।
स्टकका अनुसार नेपाल ल्युब ओयल लिमिटेडको ३० प्रतिशत बोनस बापतको ९० हजार ५३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
त्यस्तै ज्योति विकास बैंक लिमिटेडको ११ प्रतिशत बोनस बापतको ४२ लाख २९ हजार ३ सय ५ दशमलव ६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।