Like us!
Follow us!

नेशनल हाइड्रोपावरले लाभांश घोषणा गर्दै डाक्याे एजीएम, हकप्रद पनि निष्कासन गर्ने

नेशनल हाइड्रोपावरले लाभांश घोषणा गर्दै डाक्याे एजीएम, हकप्रद पनि निष्कासन गर्ने

लगानी खबर, काठमाडाैँ - नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश र हकप्रद प्रस्ताव गर्दै वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बाेनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ ।

यसैगरी, कम्पनीले बाेनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीकाे १०:५ काे अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेकाे छ । 

कम्पनीकाे पच्चीसाैँ वार्षिक साधारण सभा फागुन ३० गते, साेमबार अनलाइनकाे माध्यमबाट विनायकनगर, नयाँ बानेश्वर, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयाेजनका लागि फागुन १३ गते एक दिन बुकक्लाेज गर्ने भएकाे छ । त्यसैले, फागुन १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्रै लाभांश लिन र साधारण सभामा भाग लिन सक्नेछन् ।

6209c85939b03.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।