लगानी खबर,काठमाडाैँ - ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले आज फागुन २ गते, साेमबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीको पहिलाे चरणमा जारी पूँजीको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकाे हाे । कम्पनीले याे आईपीओ आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका-१ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-२ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-३ (साविक खिजीचण्डेश्वरी गा.बि.स.), ओखलढुङ्गा, लिखु गाउँपालिका-९ (साविक पोकली गा.वि.स.), ओखलढुङ्गा, लिख तामाकोशी गाउँपालिका-१ (साविक दरागाउँ गा.वि.स.), रामेछाप, लिख तामाकोशी गाउँपालिका-२ (साविक सपु गा.वि.स.), रामेछाप र उमाकुण्ड गाउँपालिका-७ (साबिक भुजि गा.वि.स.) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेकाे हाे ।
आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेकाे छ ।
लगानीकर्ताहरुले यस आईपीओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडाैँ, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडाैँ, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धाेबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलाे चरणकाे आईपीओ बाँडफाँड भएपछि दाेश्राे चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।