Like us!
Follow us!

देशभर ५२१ कोरोना संक्रमित थपिए, थप १० जनाको मृत्यु

देशभर ५२१ कोरोना संक्रमित थपिए, थप १० जनाको मृत्यु

लगानी खबर, काठमाडौं -  नेपालोमा पछिल्लो २४ घण्टामा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ११५ जनाको स्वाब परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै, संक्रमणबाट १० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ८९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ९३५ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको कूल संख्या ९ लाख ३८ हजार ५८३ पुगेको छ। हाल देशभर २२ हजार ५८४ सक्रिय संक्रमित छन् ।

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।