Like us!
Follow us!

नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) थप चार कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, आइसिएफसि फाइनान्स लिमिटेड र हिमालयन डिस्टिलरी लिमिटेडको सेयर सूचिकृत भएको हो ।  

स्टकका अनुसार नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८२ लाख ५१ हजार ६ सय १३ दशमलव ३४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

त्यस्तै, मुक्तिनाथ विकास बैंक लिमिटेडको १७.५७५ प्रतिशत बोनस बापतको ८४ लाख ५६ हजार ३ सय दशमलव ५३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

आइसिएफसि फाइनान्स लिमिटेडको १० प्रतिशत बोनस बापतको १० लाख २८ हजार ४ सय ९४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

त्यसैगरी, हिमालयन डिस्टिलरी लिमिटेडको ७५ प्रतिशत बोनस बापतको ६५ लाख ७ हजार ७ सय ६७ दशमलव ८१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

यस अघि पनि बैंक अफ काठमाडौं लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडको सेयर सूचिकृत भएको थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।