Like us!
Follow us!

नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) दुई कम्पनीको सेयर सूचिकृत भएको छ । आज बैंक अफ काठमाडौं लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडको सेयर सूचिकृत भएको हो । 

स्टकका अनुसार बैंक अफ काठमाडौं लिमिटेडकम्पनीको १० प्रतिशत बोनस बापतको ९६ लाख ५८ हजार १ सय ७६ दशमलव ४२९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

लुम्बिनी विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस बापतको ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।