लगानी खबर, काठमाडौं - वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियाेग प्रस्ताव दर्ता भएपछि उनी स्वत: निलम्बित हुने हुँदा कार्की पनि स्वत: कामुप्रधानन्याधीश बनेका हुन् ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामुप्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्याय परिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिका रहनेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।