लगानी खबर, काठमाडौं - सिटिजन्स बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ को नगद लाभांश रकम संरक्षण कोषमा जम्मा गर्नुपर्ने प्रावधान रहेको हुनाले सेयरधनीहरुलाई आफ्नो नगद लाभांश लिन अनुरोध गरेको हो ।
सेयरधनीहरुले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार सि.बि.आई.एल.क्यापिटल लि.,बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको ‘लगानीकर्ता संरक्षण कोष’ मा जम्मा हुनेछ ।
यस्तो छ बैंकले प्रकाशन गरेको सूचना :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।